×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिन्दी भाषालाई राष्ट्र भाषा बनाउछु भनेको छैन: प्रधानमन्त्री प्रचण्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हिन्दी भाषालाई राष्ट्र भाषा बनाउछु भनेको छैन: प्रधानमन्त्री प्रचण्ड

Artha Sarokar

३ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले हिन्दी भाषालाई राष्ट्र भाषा बनाउछु नभनेको प्रस्टिकरण दिएका छन् ।
बुधबार सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दाहालले हिन्दी भाषालाई राष्ट्र भाषा बनाउनले बारे आफूले सोच्दै नसोचेको बताए । प्रधानमन्त्रीको गोवा भ्रमण र समसामयीक राजनीतिका बारेमा पार्टीलाई जानकारी दिन संसदीय दलको बैठक बोलाइएको थियो ।
भाषा सम्बन्धि कुनै पनि विवादमा आफू नपर्ने र त्यसको टुङ्गो लगाउने निकाय भाषा आयोग नै भएको दाहालले बताए ।
दाहालले गोवामा भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रिपतिलाई संयोगले एकै ठाउँमा भेट्न पाएको र उक्त भेटले त्रि–देशीय हित प्रवद्र्धनमा सहयोगी भएको जानकारी पार्टीलाई गराएका छन् ।
  • एसियन समाचार 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी