×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

परराष्ट्रमन्त्री प्रकाशशरण महत चढेकै विमानमा दोश्रोपटक लफडा

LAXMI SUNRISE BANK

परराष्ट्रमन्त्री प्रकाशशरण महत चढेकै विमानमा दोश्रोपटक लफडा

१६ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – देश चलाउने मन्त्रीलाई नै एयरपोर्टमा तनाव ? झट्ट सुन्दा पत्यार नलाग्ला । तर,नियती नै उस्तो हो वा के भएर हो ? शेर बहादुर देउवाका विश्वाशपात्र एंव प्रचण्ड मन्त्रीमण्डलका परराष्ट्रमन्त्रीले व्योहोरेको तनाव हो यो ।
परराष्ट्र मन्त्रीको हैसियतले डाक्टर प्रकाशशरण महत मन्त्री बने यता दुई पटक विदेश पुगेर फर्किए । तर दुबै पटक विमानस्थलमा उनले तनाव व्योहर्नुपरेको छ ।
पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणको पूर्व सन्ध्यामा भारत गएर फर्किने क्रममा नेपाल एयरलायन्सको बिमानको टायर पड्किएर ठूलो दुर्घटनाबाट जोगिएको थियो । त्यतिबेला उनले नेपाल बायुसेवा निगमका पदाधिकारीसँग आक्रोश पोखेका थिए ।
त्यसपछि प्रधानमन्त्री सँगै भारत गएका परराष्ट्रमन्त्री महत संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा भाग लिन उतैबाट अमेरिका पुगे । अमेरिकाबाट हिजो विहान फर्कने क्रममा पनि उनले फेरि तनाव ब्यहोर्नुपर्यो । परराष्ट्रमन्त्री महत चढेको टर्कीस एयरको विमान नेपाली आकाशमा प्रवेश गरेर अवतरण गर्ने बेला विमानस्थलको धावन मार्ग ममर्तका लागि भन्दै एक् घण्टा विमानस्थल बन्द भयो ।
कतिपय विमानलाई अन्यत्रै डाइभर्ट गरियो भने मन्त्री महत चढेको विमानले नेपाली आकाशमै एक घण्टा फन्को मारिरह्यो । विहान साढे ६ बजे अवतरण गर्नुपर्ने विमान ८ बजे मात्रै अवतरण गरेको थियो ।

  • एस काठमाडौँ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी