Skip to content

भाग लिन परराष्ट्रमन्त्री महत भारत प्रस्थान

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भारतको नयाँदिल्लीमा हुन गइरहेकोबैठकमा  नेपाल भारत संयुक्त आयोगको मन्त्रिस्तरीय बैठकमा सहभागिताका लागि परराष्ट्रमन्त्री डा प्रकाशशरण महत बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।  बिहीबार भारतको नयाँदिल्लीमा हुने सो बैठकमा नेपालको नेतृत्व मन्त्री डा महतले गर्नेछन्। सो आयोगको बैठकमा भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले प्रतिनिधित्व गर्दैछिन् ।  
बैठकमा नेपाल र भारतका उच्च कूटनीतिक अधिकारीहरु रहने छन् । उक्त आयोगको सचिवस्तरीय बैठक भने बुधबार नयाँदिल्लीमा सुरु हुँदैछ। सो प्रयोजनका लागि परराष्ट्र सचिव शङ्करदाश बैरागी मंगलबार नै नयाँदिल्ली पुगेका छन् । बैठकमा नेपाल(भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाहरुको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुनेछ।  
आफूले नेपालको राष्ट्रिय स्वार्थका विषयमा विगतका सम्झौता र आयोजनाहरुको कार्यान्वयनका लागि उक्त बैठकमा कुरा उठाउने मन्त्री डा। महतले जानकारी दिए ।  नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री डा महतले भने, ूनेपाल भारत बीचका विगतका विभिन्न सम्झौता र आयोजनाहरुको कार्यान्वयनको अवस्थाका बारेमा बृहत समीक्षा हुन्छ र नेपालको तर्फबाट मैले राष्ट्रिय हित र स्वार्थका विभिन्न विषयमा कुरा राख्ने छु ।
 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालैको भारत भ्रमणका क्रममा तथा विगतदेखिकै नेपाल(भारतबीचका विभिन्न सहमति, सम्झौता तथा आयोजनाको कार्यान्वयनका बारेमा बृहत समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा पनि सो बैठकमा छलफल हुनेछ ।  मन्त्री डा महत आगामी शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्