×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय राष्ट्रपति मुखर्जी कात्तिक १७ नेपाल आउने तयारीमा

PRIME CA

भारतीय राष्ट्रपति मुखर्जी कात्तिक १७ नेपाल आउने तयारीमा

१७ आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आगामी कात्तिक १७ बाट नेपालको भ्रमणका  लागी आउने भएका छन । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति मुखर्जीले कात्तिक १९ गतेसम्म तीन दिने नेपालको भ्रमण गर्न लागेका हुन् ।
भदौ ३० गते प्रधानमन्त्री प्रचण्डले भारतको राजकिय भ्रमण लगत्तै राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण हुने बताइएको थियो । त्यसअघि,ओली सरकार रहँदा नै राष्ट्रपति विद्यादेवी भण्डारीले भारत भ्रमण गरेपछि भारतीय राष्ट्रपति मुखर्जी नेपाल भ्रमण आउँने टुंगो लागेको थियो तर हुन सकेन ।
स्रोतले दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रायलले राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको तयारी गरेको बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: