Skip to content
LAXMI SUNRISE BANK

छपाई बिग्रेका ५० का नयाँ नोट बाँड्ने योजनामा राष्ट्र बैंक, नोट छाप्ने कम्पनीप्रति बैंकका पदाधिकारीको यति धेरै मायाँ किन ? आफै बुझ्नुहोस्

अर्थ सरोकार

काठमाडौँ –  विगतमा राजा ज्ञानेन्द्रले छोरा पारसलाई दसैंको मुखमा युवराज घोषित गराएर सर्वसाधारणको आँखामा छारो आलेझै नेपाल राष्ट्र बैंकका ठालूहरुले पनि छपाई बिग्रेको ५० रुपैयाँ दरको नोटलाई सटही गराउने उपयुक्त मौका प्रयोग गर्न लागेको बुझिएको छ । नयाँ ५० रुपैयाँ दरका नोट आजदेखि सर्वसाधारणलाई सटहीमाफत वितरण गर्न नेपाल राष्ट्र बैंकले सूचना जारी गरेको छ ।
गभर्नर चिरञ्जीवी नेपालको दस्तखत रहेको नयाँ ५० रुपैयाँ दरको नोट केही दिनअघि मात्रै इन्डोनेसियाली नोट प्रिन्टिङ कम्पनी पेरुम पेरुरीबाट काठमाडौं आइपुगेको हो । 
गत साता मुद्रा व्यवस्थाप विभागमा आइपुगेको करोडौ थान नोट बैंकले छाप्नुअघि दिएको नमुनाबमोजिम नभएपछि हल्लिखल्ली मच्चियो । तर, डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी तथा शिवराज श्रेष्ठ तथा मुद्रा व्यवस्थापन विभागका कार्यकारी दिर्नेशक भुवन कँडेललगायतले पेरुम पेरुसीसँग पछि क्षतिपूर्ति माग्ने र अहिलेलाई दसैंमा उक्त नोट सटही गराउने निर्णय गरेपछि नयाँ नोट विवादमा आएको हो ।
  • जनआस्था साप्ताहिकबाट
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK