
काठमाडौँ – विगतमा राजा ज्ञानेन्द्रले छोरा पारसलाई दसैंको मुखमा युवराज घोषित गराएर सर्वसाधारणको आँखामा छारो आलेझै नेपाल राष्ट्र बैंकका ठालूहरुले पनि छपाई बिग्रेको ५० रुपैयाँ दरको नोटलाई सटही गराउने उपयुक्त मौका प्रयोग गर्न लागेको बुझिएको छ । नयाँ ५० रुपैयाँ दरका नोट आजदेखि सर्वसाधारणलाई सटहीमाफत वितरण गर्न नेपाल राष्ट्र बैंकले सूचना जारी गरेको छ ।
गभर्नर चिरञ्जीवी नेपालको दस्तखत रहेको नयाँ ५० रुपैयाँ दरको नोट केही दिनअघि मात्रै इन्डोनेसियाली नोट प्रिन्टिङ कम्पनी पेरुम पेरुरीबाट काठमाडौं आइपुगेको हो ।
गत साता मुद्रा व्यवस्थाप विभागमा आइपुगेको करोडौ थान नोट बैंकले छाप्नुअघि दिएको नमुनाबमोजिम नभएपछि हल्लिखल्ली मच्चियो । तर, डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी तथा शिवराज श्रेष्ठ तथा मुद्रा व्यवस्थापन विभागका कार्यकारी दिर्नेशक भुवन कँडेललगायतले पेरुम पेरुसीसँग पछि क्षतिपूर्ति माग्ने र अहिलेलाई दसैंमा उक्त नोट सटही गराउने निर्णय गरेपछि नयाँ नोट विवादमा आएको हो ।
- जनआस्था साप्ताहिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्