×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुरक्षा नीति परिमार्जनको तयारीमा : रक्षामन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुरक्षा नीति परिमार्जनको तयारीमा : रक्षामन्त्री

१८ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

भक्तपुर – रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँडले बिगतको सरकारको पालोमा तय गरेको सुरक्षा नीति अपुरो रहेकाले परिमार्जनको तयारी भइरहेको बताएका छन् ।
उनका अनुसार नेपालको सुरक्षा अवस्था मजबुद रहेता पनि भैपरि आउन सक्ने राष्ट्रिय खतरा तर्फ सचेत रहँदै प्रतिरक्षा नीति निर्माण गर्न आवश्यक रहेकाले नेपाली सेना र नेपालको सुरक्षा नीतिलाई आधुनिकिकरण गर्नतर्फ सरकार लागि परेको छ ।
उनले सार्क फोरमकै मूलुक माझ द्वन्द्व बढेकोमा नेपाल सार्कमूलकको अध्यक्षको नाताले द्वन्द्वको अन्त्य गर्दै सिघ्र सार्क सम्मेलन गर्न नेपाल सरकार प्रयासरत रहेको जानकारी देए ।
‘नेपाली भूमि कुनै पनि मूलुकको बिरुद्ध प्रयोग गर्न हुदैन र कुनै पनि आतंककारी गतिबिधिलाई नियन्त्रण गर्न नेपाली सुरक्षा सजग रहेको छ ।
उनले संबिधान संशोधन पश्चात मधेशी दलहरुलाई सहमतीमा ल्याएर संबिधानको कार्यान्वयनमा सहजता ल्याउने र तोकिएकै समयमा निर्वाचनको वाताबरण तयार हुने समेत दाबी गरे ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बिषयमा जसरी बाहिर अनाहाकको हल्ला गरिएको छ त्यो गलत भएको र नेपालको हित बिपरित कुनै काम नगरेको समेत उनले बताए  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी