×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्नी भारत सरकारको जागिरे, पति नेपाल सरकारको मन्त्री !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पत्नी भारत सरकारको जागिरे, पति नेपाल सरकारको मन्त्री !

१ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रका बौद्धिक नेता राम कार्कीले सुचना तथा सञ्चारमन्त्रीमा आइतबार सपथ लिए । उनी नेपाल सरकारको प्रवक्ता तथा प्रभावशाली मन्त्री बने । तर उनकी पत्नी भने भारत सरकारको उच्च तहको कर्मचारी छिन् । पत्नी भारत सरकारकी कर्मचारी, पति नेपाल सरकारको मन्त्री बन्ने सौभाग्य राम कार्कीले पाए ।

नेपाली राजनीतिमा बौद्धिक ब्यक्तिका रुपमा चिनिएका कार्कीको बसोबास भने भारतमा छ । उनको परिवार सिक्किममा बस्दै आएको छ । पत्नी भारत सरकारको जागिरे छिन् । राम कार्की पनि माओवादीबाट कारवाहीका परेपछि सिक्किममा पुगेका थिए ।

सिक्किममा रहँदा त्यहाँका मुख्य मन्त्री पवन चाम्लिङसँग अति निकट भएर उनले काम गरे । चाम्लिङले नै उनलाई राजनीतिमा स्थापित र भारतीय लविमा पारे । त्यही लविका कारण प्रभु साहलाई विस्थापित गरि मन्त्री बनेको आरोप माओवादी केन्द्रभित्रै लाग्न थालेको छ । चाम्लिङको उनले सिक्किममा आर्थिक कारोवार समेत समाल्ने गरेका थिए ।

पहिलो संविधानसभा निर्वाचनमा माओवादीका धेरै नेताले चुनाव जित्दा उनी पराजित भए । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरिएको थियो । तर भारतले एग्रिमो नदिएका कारण राजदूत बन्न सकेनन् । कार्की नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय भएपनि पहिलो पटक मन्त्री बन्ने अवसर पाएका छन् ।

  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी