
काठमाडौं – संसद बैठकअघि कार्यसूचि नपाएको भन्दै सांसदले गुनासो गरेका छन्। आइतबार संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले संसद नियमावलीको नियम २६ मा संसद बैठक सुरु हुनु एक दिन अगाडि नै सांसदहरुलाई कार्यसूचि दिनुपर्ने व्यवस्था भएपनि कार्यसूचि नपाएको भन्दै सभामुखको ध्यानाकर्षण गराए।
आइतबारको संसदको विशेष समयमा एमाले सांसद राजन भट्टराईले बोलिसकेपछि सभामुख ओनसरी घर्तीले माओवादी केन्द्रका सांसद योगेन्द्र तामाङ घिसिङलाई बोल्न समय दिनेबित्तिकै सांसद विडारीले नियमापत्ति गरेका थिए। आज संसद बस्ने थाहा पाएर आज बिहान कार्यसूचि लिन सचिवालयमा जाँदा कर्मचारीहरु कार्यसूचि नै छैन भनेर फर्काउँछन् उनले भने संसद आफैले बनाएको नियमावली कार्यान्वयन गर्न सभामुख ज्यू बाट तुरुन्त आदेश होस् भनी माग गर्दछु।
बैठक अगाडि कार्यसूचि नपाउँदा संसदमा छलफल हुने विषयमा तयारी नै गर्न नपाएको उनले बताए। यसरी बैठक बस्नु अघि नै कार्यसूचि प्राप्त नहुँदा सांसदले के बोल्नेरु के तयारी गर्नेरु सांसद विडारीले प्रश्न गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्