Skip to content
LAXMI SUNRISE BANK

महतले भने प्रविधिको विकास नभए सम्म नेपालको विकास असम्भव

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामशरण महतले विज्ञान र प्रविधिको प्रयोगले नै नेपालमा द्रूत आर्थिक विकास गर्न सकिने बताएका छन् ।हरिखेतान बहुमुखी क्याम्पसले आयोजना गरेको विज्ञान सम्मेलनलाई सम्बोधन गर्दै उनले भने– विज्ञान र प्रविधिको माध्यवाट कृषिमा यान्त्रिकीकरण र मुलुकमा औद्योगिकीकरण गरेर अघिबढेमा राष्ट्रलाई समृद्ध बनाउन धेरै समय लाग्दैन् ।
नेपाली काँग्रेसमन नेता समेत रहनुभएका डा महतले विज्ञान र प्रविधिकै बलमा केही वर्षमै समृद्ध बनेका दर्जनौ राष्ट्र रहेका छन भन्दै प्रकृतिक स्रोत साधनको अधिकतम सदुयपोग गरी विज्ञान प्रविधिलाई अपनाउन सके नेपाललाई उन्नतिको बाटोमा डोर्याउन सकिने बिचार व्यक्त गरे। राजनीतिक अस्थिरतालाई अन्त्य गर्न दलहरु गम्भीर हुन आवश्यक रहेको बताउँदै उनले अब दलिय भागबन्डाबाटमाथि उठेर देश हितका विषयमा दल गम्भीर हुनुपर्नेमा जोडदिए ।
हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख भगवान यादवको अध्यक्षतमा सम्पन्न सम्मेलनमा समाजसेवी तथा वरिष्ठ उद्योगपति विश्वनाथ साह, सांसद राजेन्द्रबहादुर अमात्य, पूर्व सभासद आजयकुमार द्विवेदी, सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानीलगायतले राष्ट्र विकासका लागि देशका नागरिक नैतिकवान हुनु आवश्यक रहेको बताउँदै विद्यायको पाठक्रममा नैतिक शिक्षालाई लागू गर्न सरकारसँग माग गरे।
विज्ञान र प्रविधि भित्र्याए पनि प्रयोगकर्ता नैतिकवान नभए त्यसले राष्ट्र र मानवतालाई नै नोक्सान पुर्याउने उनीहरुले धारणा व्यक्त गरे ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK