Skip to content
LAXMI SUNRISE BANK

लोकमान जोगाउन किन भारतीय राजदूत सक्रिय भए

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बचाउन नेपालका लागि भारतीय राजदूत रन्जित रे कूटनीतिक मर्यादाविपरीत प्रधानमन्त्री र प्रमुख दलका नेताको घर–घर चहार्न थालेका छन् ।
राजदूत रेसँगै कांग्रेस सांसद अमरेशकुमार सिंह र परिचय नखुलेका अन्य तीन नागरिक समेत लोकमानको बचाउ अभियानमा सक्रिय भएको स्रोतले दाबी गरेको छ । व्यवस्थापिका संसद्मा बुधबार महाअभियोग दर्ता भएपछि मात्रै रेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बा
लुवाटारस्थित सरकारी निवासमा दुईपटक भेट गरी सकेका छन् । दुवै भेटमा रे र दाहालबीच ४५ मिनेट लामो वार्तालाप भएको थियो ।
यस्तै, दर्ता प्रस्तावमा हस्ताक्ष्रर नगरेको नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवालाई रेले बिहीबार भेट गरेका छन्। विश्वस्त स्रोतका अनुसार दुवै भेटको एजेन्डा लोकमानको बचाउ वा नसके सुरक्षित अवतरण रहेको छ। दुवै भेटमा राजदूत रेसँगै कांग्रेस सांसद अमरेशकुमार सिंह र परिचय नखुलेका अन्य तीन व्यक्ति रहेको स्रोतले जनाएको छ ।

’उहाँ दाहालसँग मेरो भूमिगतकालदेखि नै सम्बन्ध छ, मैले कसरी लोकमानको बचाउ गर्न सक्छु र किन गर्नेरु यो त ठूला नेताको कुरा हो,’ सिंहले भने । उनले आफ्नो र दाहालबीच भएको भेटमा राजदूत रे सँगै नभएको दाबी समेत गरे ।

राजदूत रे र सिंहको सक्रियतापछि प्रधानमन्त्री दाहाल समेत लोकमानको सुरक्षित अवतरणका पक्षमा उभिएको संकेत देखिएको छ । बिहीबार एमाले नेता नेपाललाई सिंहदरबार र कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई बालुवाटारमा भेटेका प्रधानमन्त्री दाहालले नयाँ कोणबाट लोकमान प्रकरणको निकासका विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने प्रधानमन्त्री र भारतीय राजदूतबीच कुनै भेट नभएको दाबी गरे। उनले योबीचमा आफू प्रधानमन्त्री दाहाल सँगै रहेको र कुनै भेट नभएको बताए । उनले भने, ’अनौपचारिक रूपमा माधव नेपाल र कृष्ण सिटौलासँग भेट भएको हो, हामीसँगै छौं, तपाईंले भनेका कसैसँग भेट भएको छैन ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK