
- अर्थ सरोकार सम्बातादाता
काठमाडौं – राष्ट्रिय पुर्नंनिर्माण प्राधिकरणले सोमबार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका अनुदान पाउने भूकम्पपीडितको नाम सार्वजनिक गर्ने भएको छ। पहिचान भएका लाभग्राहीको नाम सोमबार दिउँसो सार्वजनिक गर्ने तयारी भएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए। काठमाडौँ, भक्तपुर र ललितपुरमा ९० हजार ८ सय ८८ लाभग्राहीको पहिचान भएपनि अझै बढ्न सक्ने सम्भावना रहेको थपलियाले बताए।
केन्द्रीय तथ्याङ्क विभागले उपत्यकाका तीन जिल्लामा लक्षित नमुना ९भेरिफिकेसन मोडेल०बाट भूकम्पपीडितको सूची सङ्कलन गरेको थियो। विभागले १ लाख १५ हजार लाभग्राहीको सूची प्राधिकरणमा पठाए पनि ९० हजार ८ सय ८८ मात्र स्वीकृत भएको र अझै लाभग्राहीको पहिचान गर्ने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ।
लाभग्राहीको सुची सार्वजनिक भएपछि मात्र अनुदान सम्झौताको प्रक्रिया अगाडी बढ्ने प्रवक्ता थपलियाको भनाइ छ। भूकम्प अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोटमा अनुदान सम्झौता र पहिलो किस्ताको ५० हजार वितरण भइरहेको छ। भूकम्प प्रभावित अन्य १७ जिल्लामा लाभग्राहीको सूची सङ्कलनको तयारी सुरु भएको विभागले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्