×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस कारण गलहत्याइए राष्ट्र बैंकको प्रवक्ताबाट पंगेनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यस कारण गलहत्याइए राष्ट्र बैंकको प्रवक्ताबाट पंगेनी

५ कार्तिक २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाल राष्ट्र बैंकले झण्डै १५ महिनादेखि जिम्मेवारी सम्हालिरहेका त्रिलचोन पंगेनीलाई प्रवक्ताबाट हटाएको छ । उनलाई २०७२ साल साउनमा प्रवक्ताको जिम्मेवारी दिइएको थियो । तर जिम्मेवारी दिएको डेढ वर्ष पनि नपुग्दै उनलाई हटाइएको हो । हुन त राष्ट्र बैंकमा प्रवक्ता अमुक हुँदैन । यद्यपी जिम्मेवारी दिँदाको अपेक्षा र मुक्त गर्दाको परिस्थितिसम्मले भने कार्यकाल सफलता वा असफलता किटानी गरिरहेको हुन्छ । तर पंगेनीबाट जति अपेक्षा राष्ट्र बैंकले गरेको थियो प्रवक्ता रहुञ्जेल उनले त्यो अपेक्षा पूरा गर्न सकेनन् । मूलतः पंगेनीलाई प्रवक्ताबाट हटाइनुका केही कारणहरु छन् ।

व्यक्तिगत स्वभावका कारण पनि समस्या :
कुनै पनि निकायले प्रवक्ता तोक्दा उसको व्यवहार, आचरण, र मानिसहरुसँग घुलमिल हुन सक्ने क्षमतामा विशेष ख्याल गर्नुपर्ने हुन्छ । प्रवक्ताले जनतादेखि मिडियासम्मलाई संस्थागत सूचना र जानकारीहरु दिनुपर्ने हुन्छ। जिम्मेवारी नै त्यस्तै भएकाले उसलाई कुनै पनि समय कुनै पनि सूचनाको लागि जो कोहीले पनि सम्पर्क गर्न सक्छ। त्यस्तो अवस्थामा पनि उसले सूचना दिने, व्यवस्त भएको अवस्थामा विनम्रतापूर्वक आफ्नो व्यस्तता देखाएर पछि सम्पर्क गर्न आग्रह गर्न सक्नुपर्छ । तर राष्ट्र बैंकका प्रवक्ताको जिम्मेवारी पाएका पंगेनीको झर्कने, रिसाउने र दिक्क मान्ने बानीले उनले आफुले पाएको जिम्मेवारीलाई हल्कामात्र बनाएनन्, धेरै मिडियादेखि राष्ट्र बैंककै कर्मचारीसमेतलाई हैरान पारेका थिए ।

डेपुटी गभर्नर नपाएको  रिस थियो :
उनले आफुलाई डेपुटी गभर्नरका लागि दाबी गरिरहेका थिए । डेपुटी गभर्नर राजनीतिक भागबण्डाको आधारमा पाउने आशामा उनले कुन पार्टीमात्र चाहारेनन् । सबै राजनीतिक दलले ‘म तपाईकै मान्छे त हो नि’ भनेर सबैतिरबाट फाइदा लुट्न खोज्ने उनको बानी थाहा पाएपछि पुछ्न छाडिदिए । अन्ततः उनको डेपुटी गभर्नर बन्ने प्रयास त्यतिबेलाको लागि त्यही समाप्त भयो । त्यसपछि उनले आफुलाई असहयोग गरेको भन्दै राष्ट्र बैंकका गभर्नर देखि उच्च तहका कर्मचारीसम्म आफ्नो रिस देखाउन थाले । जसका कारण उनी थप अलोकप्रिय बन्दै गए । त्यही कारणले पनि उनको प्रवक्ताको जिम्मेवारी ‘चट’ भएको बताइन्छ ।
गभर्नर र डेपुटी गभर्नरसँगको ‘चिसो’ सम्बन्धका कारण समस्या :
गभर्नर डा. चिरंजीबि नेपालदेखि डेपुटी गभर्नरद्धय चिन्तमणि शिवाकोटी र शिवराज श्रेष्ठसँग पनि उनको सम्बन्ध त्यति राम्रो छैन । तर सम्बन्ध चिसिनुमा उनकै खरो आचरण मुख्य रहेको राष्ट्र बैंककै कतिपय कर्मचारी बताउँछन् । डेपुटी गभर्नर बन्न नपाएको झोकमा उनले गभर्नर, डेपुटी गभर्नरद्धयको ‘ब्याक बाइटिङ’ समेत गर्दै हिँडेका थिए । बैंकिङ खबर डटकमले तत्कालिन समयमा गभर्नर डा. चिरंजीबी नेपालविरुद्ध पंगेनीले आफ्नो कार्यकक्षमै ब्याक बाइटिङ गरिरहेको तथ्य फेला पारेर खबर सम्प्रेषण समेत गरेको थियो ।
कर्मचारी पंक्तिमा अलोकप्रिय थिए उनी :
उनको खरो स्वभावका कारण राष्ट्र बैंकका कर्मचारी नै आजित भएका थिए । उनी प्रवक्ता भएपछि अझै बढी घमण्डी भएको र कर्मचारीलाई दबाएर राख्न खोजेको आरोप उनलाई लाग्ने गरेको थियो । जसका कारण पनि उनी प्रवक्तामा फिट रहिरहन सकेनन् ।

पौडेल अब्बल भएपछी…
अहिले प्रवक्ता तोकिएका नारायण पौडेल कम्युनिकेशनमा अब्बल मानिन्छन् । राष्ट्र बैंकले पंगेनीको विकल्पमा पौडेललाई ल्याएको छ । व्यवहार, आचरण, र मानिसहरुसंग घुलमिल हुन सक्ने क्षमतामा विशेष दखल भएका पौडेल पंगेनीभन्दा सक्षम भएकाले उनलाई प्रवक्ता तोकेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी