Skip to content
LAXMI SUNRISE BANK

प्राधिकरण निर्देशक समितिको बैठक आज पनि बस्दै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता



काठमाडौं – राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठक बिहीबार पनि बस्दैछ।  दिउँसो ३ बजे सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा बस्ने बैठकमा पुननिर्माणका क्षेत्रमा अहिलेसम्म भएका कामको प्रगतिबारे समिक्षा गरिनुका साथै वित्तिय र जनशक्ति व्यवस्थापन लगायतका विषयमा छलफल हुने प्राधिकरणले जनाएको छ।

बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्निर्माणमा खटिने जनशक्तिलाई प्रभावकारी रुपमा परिचालन गर्ने गरी प्रस्ताव पेश गर्न अर्थमन्त्रालय, राष्ट्रिय पुर्नर्निमाण प्राधिकरण र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिवलाई निर्देशन दिएका थिए। विभिन्न प्राविधिक कठिनाई भएपनि प्राधिकरणले हालसम्म गरेको काम सन्तोषजनक भएको बैठकले निष्कर्ष निकालेको छ। बिहीबारको बैठकमा भूकम्प पीडितलाई दिइने राहतलाई प्रभावकारी पार्ने लगायतका विषयमा निर्णय हुने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK