Skip to content
LAXMI SUNRISE BANK

प्रचण्डलाई रेखाको चेतावनी- ‘धोका दिनुभयो भने परिणाम ठिक हुनेछैन्’

अर्थ सरोकार

काठमाडौं – संघीय समाजवादी फोरम नेपालकी नेता रेखा यादवले दशै अघिनै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नभएकोप्रति असन्तुष्टि जनाएकी छन् ।
तीन सुत्रिय सहमति र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको प्रतिबद्धता अनुसार दशै अघि नै संशोधन दर्ता हुनुपर्ने भन्दै यादवले त्यसो नहुनु आफूहरुसँग धोका भएको आरोप लगाएकी हुन् ।
‘सहमति अनुसार दशैंअघि नै संशोधन प्रस्ताव संसदमा दर्ता नगरेर सरकारले धोका दिएको छ’– बुधबार काठमाडौंस्थित आफ्नै निवासमा संचारकर्मीहरुसँग कुरा गर्दै फोरम नेपालकी नेता यादवले भनिन्,– ‘संविधान संशोधनका लागि हामीले प्रचण्डमाथि विश्वास गरेर समर्थन गरेका थियौं तर, अनेक बहानामा भुलाएर उनले धोका दिने हो भने परिणाम ठीक हुन्न ।’
प्रधानमन्त्री निर्वाचनमा समर्थन लिने तर सहमति अनुसार संशोधन प्रक्रिया अगाडि नबढाउनु कांग्रेस र माओवादी केन्द्रले धोका दिन खोजेको यादवको आरोप छ । संघीय गठबन्धन र सरकारबीच तीन बुँदे सहमति भएको दुई महिना भइसक्दा पनि संशोधन प्रस्ताव दर्ता नहुनु गम्भीर षड्यन्त्र भएको उनले आशंका व्यक्त गरिन् ।
‘संशोधन प्रस्ताव दर्तामा ढिलाई हुँदा प्रचण्डको नियत मै शंका लागेको छ’– फोरम नेपालको राजनीतिक समिति सदस्य समेत रहेकी नेता यादवले भनिन्,– ‘प्रचण्डले यसरी धोखाधडी गर्ने हो भने सरकारलाई दिएको समर्थन फिर्ता लिएर पुनः आन्दोलनमा जानु बाहेक हामीसँग विकल्प हुन्न ।’
संविधान संशोधन विधेयक नल्याएर सरकारले ढाँटेको टिप्पणी हुन थालेको छ । यिनै आरोप र टिप्पणीका बीच नेता यादवले प्रचण्डमाथि धोका दिन खोजेको आरोप लगाएकी हुन् ।
पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले संशोधनमा सहमति जुटाउनकै लागि अमेरिका भ्रमण रद्द गरी दशै अघिनै संशोधन प्रस्ताव संसदमा लैजाने आश्वासन दिएका थिए । तर, प्रचण्डको प्रतिबद्धता अनुसार सहमति कार्यान्वयन नहुँदा मधेशी मोर्चा र संघीय गठबन्धन असन्तुष्ट बनेको छ ।
  • दैनिक नेपाल 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK