
- अर्थ सरोकार सम्बाददाता
रिलायवल डेभलपमेन्ट बैंकले संस्थागत जालसाजी गर्न खोजेको आरोप लगाउँदै सेयर लगानीकर्ता संघले विरोध जनाएको छ । सेयर लगानीकर्ता संघ नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै रिलायवल डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभाबाट पारित १ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रक्रियालाई अगाडिनै नबढाई ग्लोबल आइएमई बैंकमा बिलय हुन लागेको भन्दै विरोध गरेको हो ।
संघका अध्यक्ष उत्तम अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रिलायवलको यस्तो कामले धितोपत्र बजारमा सूचिकृत कम्पनीप्रति लगानीकर्ताको विश्वसनीयता बढ्न गई समग्र पूँजीबजारलाई नै गम्भीर असर पार्न सक्छ ।’
यसअघि बैंकले नेपाल बंगलादेश बैंकसँगको मर्जर टुटेपछि सतप्रतिशत हकप्रद जारीको घोषणा गरेको थियो । तर लगानीकर्तालाई उत्साहित बनाएर बैंकले भने एकाएक ग्लोबल आइएमईमा बिलय हुने सम्झौता गरेपछि हकप्रदको आशामा लगानी गरेर बसेका लगानीकर्ताले बैंकमाथि आक्रोश पोखेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्