×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राईटकै भरमा लगानी नगर्ने कि ?

PRIME CA

राईटकै भरमा लगानी नगर्ने कि ?

७ कार्तिक २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सन्तोष राज बजगाईं

आज चिया पसलमा चिया पिउदै थिए , एकजना काकाले सोध्नु भयो ,भाइ म सेयर बजारमा छिरेको थोरै समय भो , अब अलिकता पैसा छ लगानी गर्नु पर्ने ,कुनको राईट सेयर आउदै छ ,त्यही किन्नु पर्यो ?” छिमेकी काकाकोकुरा सुनेर म आफै अचम्ममा परे,कम्पनीले दिने लाभांश भम्दा राईटले बजार चलाउदो रहेछ भनी महसुस गरे अनि दिक्क मान्दै केही लेख्न मन लाग्यो । 
अहिलेको बजारको बुल भनेको पोर सालको मौद्रिक निति पश्चात् उचालिएको हो । मौद्रिक नीति मार्फत बैंक ,विकास बैंक तथा फाईनान्स कम्पनीको पुजी वृद्धि योजना ,त्यस्तै ईन्सुरेन्स समूहमा भुइचालो पश्चात् पुजी वृद्धि योजनाको आवस्यकताले गर्दा बुल मजाले कुद्न पुग्यो । त्यस्तै त्यो बुललाई कम्पनीको राम्रो वित्तीय प्रतिवेदनले साथ दियो । पुजी वृद्धि योजनाका लागि धेरैले राईट सेयर को बाटो रोजे । धेरै लगानीकर्ताले झ्यामै राईट दिने कम्पनी सङ्ग माया प्रेम बसाले । 
धेरै राईट सेयर दिने कम्पनीको मुल्य आकाशिने क्रम जारी छ जुन स्वभाविक कुरा पनि हो । बजारलाई कहिले पनि एक दुई दिनको बजार हो भनेर हेर्नू हुन्न । आज किनेको सेयरले मेरा छोरा नातिले पनि प्रतिफल पाउन भनेर लगानी गरिनु पर्दछ । धेरै जस्तो अवस्थामा ठुलो मात्राको राईट सेयरले निस्चित कम्पनिको सेयर मुल्यलाई बबल”पानीको फोका ” बनाउने गर्दछ । 
लगानीको क्षेत्र फराकिलो , जगेडा कोष बलियो र राम्रो प्रती सेयर आम्दानी भएका कम्पनीलाई राईट सेयरले खासै असर पार्दैन तर थोरै प्रति सेयर आम्दानी , जगेडा मजबुत नभएका र प्रती सेयर आम्दानी सन्तोषजनक नभएका कम्पनीले राईट मार्फत पुजी वृद्धि गरिदिदा ती कम्पनिलाई लामो समय गाह्रो पर्न सक्छ । 
अब के गर्दा ठिक होला? त्यसैले अहिलेको अवस्थामा वित्तिय अवस्था त्यति बलियो नभएका र राईट सेयरकै भरमा पुजी वृद्धि गर्न अग्रसर भएका कम्पनीमा उच्च मुल्यमा लगानी गर्दा केही समस्या हुन सक्छ । यदि आफ्नो लगानीको योजना लामो समयका लागि छ भने कम्पनी छान्दा यस वर्ष वृद्धि भएको पुजी अर्को १-२ वर्षसम्म नाफा पनि त्यति नै प्रतिशत वृद्धि हुने खालका कम्पनी खोज्नु पर्दछ ,जसले गर्दा लाभांशमा खासै असर पर्दैन र लगानीकर्ताले राम्रो प्रतिफल पाईरहेका हुन्छ्न । 
लामो समयलाई विचार गर्दा बुल खाली राईटको भरमा दगुर्दैन , बुल दुगुर्नुका निमित्त लाभांशले पनि गतिलो साथ दिनु पर्दछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: