×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शेयर बजारमा रोहन शर्मा र फेक आइडीको बहस : यस्तो छ रोहन शर्माको धारणा

PRIME CA
GLOBAL IME BANK

शेयर बजारमा रोहन शर्मा र फेक आइडीको बहस : यस्तो छ रोहन शर्माको धारणा

११ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट


  • रोहन शर्मा 

आफ्नै कुरा……..!
गएको दशैंको छुट्टीबीच काठमाण्डुको एउटा चल्तीकै रेष्ट्रुरेण्टमा केहि पुराना साथीहरु बिचको जमघट थियो । यसैबिच आफ्नो छेउमा रहेका उक्त रेष्ट्रुरेण्टका अन्य ग्राहकहरुबाट प्रत्यक्ष केहि बिचारहरु सुन्ने मौका मिल्यो ।
☆रोहन शर्मा भन्ने मान्छे को रैछ यार?
☆त्यो फेक आईडी हो ।
☆आइडी फेकनै होस्, हामिलाई बाल ! तर जे भएपनि कुरा चाहिं सही लेख्छ। ब्रोकर कमिसन घटाउनमा त्यस्को पनि धेरै हात रैछ । ऐले चाही फेसबुक बन्द गरेछ। 
☆त्यो मान्छे त राजेश हमाल भन्दा पनि चर्चित भो । ब्रोकरको त मोस्ट वाण्टेड सुचीमै रैछ।
☆के हो ईण्डियाको नेप्से ३०००० पुग्न लागिसक्यो हाम्रो ले २००० छुने कैले ?
मेरो बुझाईमा फेक आईडि:
कसैले अरुको नाममा अरुकै फोटो राखेर उसैको नाममा समान्तार रुपमा सामाजिक सञ्जालमा खाता खोलेर उसैको नामबाट दोहोरो गतिबिधीहरु गर्छ भने त्यो फेक आईडी हो । 
जस्तै मैले राजेश हमाल, अक्षय कुमार, सलमान खानको नाममा आईडी खोलेर उनिहरुकै फोटो राखेर गतिबिधीहरु सँचालान गर्छु भने त्यो फेक आईडी हो ।
मैले आफ्नै नामबाट चलाएको एकाउण्टमा मैले आफ्नो इच्छा अनुसार आफ्नो फोटो राख्दिन भने के त्यसलाई तपाईँ फेक आईडी मान्नु हुन्छ ?
मैले नयाँ अनि साना लगानिकर्ताको हितमा समसायिक बिषयमा खरो रुपमा आवाज उठाउँदै आएको छुँ । ब्रोकर कमिसन घट्नु समयको माग हो अनि आगिमी दिनमा बैंकले पनि अन्तराष्ट्रीय प्रयोग अनुसार ब्रोकर लाईइसेन्स पाउँदैछ । यो बिषयमा मैले आवाज मात्र उठाएको हुँ ।
अर्को कुरा जुन आशायसँग सम्बन्धित छ । नेप्से चाहे नेपालको होस् , चाहे भारत अनि चाहे अमेरिका चाहे जापान को । आशय एउटै हो, चाहे त्यो सेन्सेक्स होस्, चाहे डाउ जोन्स अनि चाहे निक्कि, आशय एउटै छ जुन अत्यन्त सहज छ। हामिले बुझेर पनि नबुझे जस्तो गर्ने हैन , बुझेको कुरालाई अझै सहज रुपमा सोच्नु जरुरी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: