×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठुला दलले आफ्नो माग पुरा नगरेमा ,छठपछि कडा आन्दोलन महतो

PRIME CA
GLOBAL IME BANK

ठुला दलले आफ्नो माग पुरा नगरेमा ,छठपछि कडा आन्दोलन महतो

११ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष एवं पुर्वमन्त्री राजेन्द्र  महतोले मधेसको सवालमा तीनै दल बेइमान रहेको आरोप लगाएका छन् । प्रेस मंच नेपाल पर्सा शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै मधेस आन्दोलनको उपलब्धिलाई संस्थागत गर्नुको सट्टा खसवादीहरुको स्वार्थपुर्तिको लागि देशलाई ओझेलमा पारेको र देशलाई निकास दिनुको सट्टा लोकमान प्रकण ल्याएर मधेस मुद्दालाई समाप्त पार्ने तिन ठुला दलले चलखेल गरिरहेको बताए ।
संबिधान संशोधन बिषयमा जुन दलले बेइमानी गरे मधेसमा समाप्त हुने चेतावनी दिदै आन्दोलन कुनै जाती , धर्म र समुदायको बिरुद्ध नभई अधिकार र पहिचानको लागि भएको बताए । महतोले मधेसको सवालमा काँग्रेस गैर जिम्मेवार र एमाले ढुलमुले पारा देखाएको र वर्तमान माओवादी नेतृत्वको सरकारले मोर्चासंग गरेको सहमती कार्यन्वयनमा ढिलाई गरेकोले शंका उत्पन्न भएको धारणा राख्दै मधेसी जनतालाई अधिकार र पहिचान बिहिन बनाउने तिन दलकै बिरुद्धमा तिहार र छठ  पछि कडा आन्दोलन गर्ने बताए ।
मधेस आन्दोलन चलिरहदा केपी ओली नेतृत्वको सरकार संग ३६ पटक  वार्ता हुनु र बिना निस्कर्ष टुङ्गिनु तथा काँग्रेस मधेस मामलामा संस्थागत रुपमा अगाडि नआउनु बिडम्बना हो । तर प्रचण्ड नेतृत्वको सरकारले आशालाग्दो कार्य गरेको भएतापनि पुर्णरुपमा विश्वास गर्ने बातावरण नरहेको बताएका थिए । एक फरक प्रसंगमा महतोले तराई मधेस लोकतान्त्रिक पार्टी संग एकिकरणको कुरा ,कुरामै सिमित रहेको र संचार माध्यममा एकिकरण भइरहेको टिप्पणी गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: