Skip to content
LAXMI SUNRISE BANK

जनताले खाइनखाई गरेको बचत सुरक्षाका लागि सहकारी ऐन संशोधन– मन्त्री थानी

अर्थ सरोकार

पोखरा – सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले संशोधित सहकारी ऐनले सहकारीका सिद्धान्त, मूल्य र मान्यतालाई सम्बोधन गर्ने बताएका छन्।
इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारण सभा उद्घाटनका क्रममा उनले केही सहकारीमा देखिएको बेथिति र विसङ्गति हटाइ जनताले खाइनखाई गरेको बचत सुरक्षाका लागि सहकारी ऐन संशोधन गर्न लागेको जानकारी दिए ।
  
मुलुकका लगभग ३३ हजार सहकारी संस्थामा ५३ लाख जनाताको संलग्नता रहेको सहकारीले ६५ हजारलाई प्रत्यक्ष रोजगार प्रदान गरेको जानकारी दिँदै उनले संशोधित ऐनले सहकारीलाई व्यवस्थित बनाउँछ भने ।
कार्यक्रममा मन्त्री थानीले सो संस्थामा आवद्ध ज्येष्ठ शेयर सदस्यलाई सम्मान गर्नाका साथै विभिन्न तहमा अध्ययनरत सर्वोत्तकृष्ट अङ्क प्राप्त गर्ने छात्रछात्रालाई पुरस्कार प्रदान गरेका थिए ।
  • काठमाडौँ टूडे

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK