
काठमाडौँ – नेपाल–भारत प्रवृद्ध समूहको बैठकमा सन् १९५० मा दुई देशबीच भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने सैद्धान्तिक सहमति जुटेको छ ।
मंगलबारदेखि नयाँदिल्लीस्थित सचिवालयमा मंगलबारदेखि सुरु बैठकमा नेपाली प्रबुद्ध समूहका संयोजक भेखबहादुर थापाले पहिलो सत्रमै राखेको सन्धि संशोधनको प्रस्तावमा बुधबार भारत सहमत देखिएको हो ।
१९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन प्रमुख एजेण्डा बनाएर दिल्ली गएको नेपाली टोलीको प्रस्ताव स्वीकृत भएपछि अब यसमा गहन छलफल हुने बुझिएको छ ।
१९५० को सन्धिमा उल्लेख गरिएका प्रावधानहरूमध्ये नेपालले तेस्रो मुलुकबाट सैन्य सामग्री आयात गर्दा भारतीय पक्षको अनुमति लिनुपर्ने, प्राकृतिक स्रोत साधनमा भारतलाई पहिलो प्राथमिकता दिनुपर्नेलगायत विषयमा संशोधन नेपाली पक्ष असन्तुष्ट रहँदै आएको छ ।
नेपाल र भारतबीच भएका सन्धि–सम्झौता पुनरावलोकनको सिफारिस गर्न दुई देशका अधिकारी सम्मेलित प्रबुद्ध समूह गठन गरिएको हो ।
- काठमाडौँ टूडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्