Skip to content
LAXMI SUNRISE BANK

साझा प्रकाशनले कर्मचारीको अवकाशको लागी सरकारसँग ऋण माग्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्वाददाता

काठमाण्डौ – साझा प्रकाशनमा कार्यरत कर्मचारीलाई स्वेच्छिक अवकास दिएर बिदा गर्न संचालक समितिले सरकारसँग ऋण माग्ने भएको छ। प्रकाशनको एक टोलीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ऋण माग्ने तयारी गरेको संचालक समिति सदस्य तथा माओवादी नेता दिनानाथ शर्माले जानकारी दिए।
कर्मचारीलाई स्वेच्छिक रुपमा बिदाई गर्न झण्डै ४० करोड रुपैयाँ लाग्ने साझाको अनुमान छ। बिहान ११ बजे सिंहदरबारमा हुने भेटमा कर्मचारी बिदाईका लागि ऋण माग्ने र नयाँ योजना अनुसार अघि बढ्ने बारेमा छलफल हुने शर्माले बताए। विसं २०२१ सालमा स्थापना भएको साझा प्रकाशनको अस्तित्व अहिले संकटमा परेको छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK