×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं वीरगञ्जको साझाले माग्यो रुट पर्मिट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काठमाडौं वीरगञ्जको साझाले माग्यो रुट पर्मिट

Artha Sarokar

१५ आश्विन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साझा यातायातले काठमाडौं वीरगञ्जमा रुटमा बस सेवा सञ्चालनका लागि इजाजत मागेको छ । यातायात व्यवस्था विभागसँग साझाले बस सेवा सञ्चालनका लागि रुट पर्मिट मागेको हो । 
रुट पर्मिट पाएलगत्तै वीरगञ्जमा पनि पुनः बस सेवा सुरु गर्ने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए । उनका अनुसार आइतबारदेखि बाग्लुङ र गोरखाका लागि लमो दुरीमा बस सेवाको शुभारम्भ हुनेछ । एक दशकपछि साझाले फेरि लामो रुटमा बस चलाउन लागेको हो ।

साझाले बाग्लुङका लागि ५ सय ५० रुपैयाँ भाडादर तोकेको छ भने गोरखाका लागि २ सय ८५ रुपैयाँ लाग्ने पाण्डेयले बताए । साझाले पुल्चोक, नयाँबसपार्क र कलंकीमा टिकट काउन्टर खोलेको छ ।काठमाडौं(गोरखा र काठमाडौं(बाग्लुङ रुटमा दैनिक २-२ वटा बसहरु चल्नेछन् । नयाँबसपार्क हुँदै कलंकीबाट यो बस ७ बजे गन्तब्यतर्फ लाग्ने छ ।

गोरखाको बस भने ७ बजे पुल्चोकबाट छुटेर बालाजु बसपार्क हुँदै ८ बजे गन्तब्यमा जानेछ । यहाँबाटै छुट्ने समयमा बाग्लुङ र गोरखाबाट पनि बस काठमाडौंका लागि छुट्नेछ ।


दुई रुटमा अब साझाका नियमित बस चल्नेछन् । साझाले काठमाडौं महानगरपालिकालाई सेयर दिएर ३० वटा नयाँ बस भित्र्याएको छ । नयाँ थपिएसँगै हाल साझासँग ४६ वटा बसहरु छन् । काठमाडौं भित्र साझाका नयाँ बस चल्ने रुट भने तय भएको छैन ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी