×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संविधान संशोधन विधेयक दशैंपछि ल्याउने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ आश्विन २०७३, सोमबार

PRIME CA
laxmi sunrise bank

संविधान संशोधन विधेयक दशैंपछि ल्याउने

  • अर्थ सरोकार सम्बतदाता 

सरकारले  संविधान संशोधन विधेयक दशैंपछि मात्र ल्याउने भएको छ । संसद सचिवालय स्रोतका अनुसार सरकारले यो अधिवेशनमा संविधान संशोधन विधेयक नआउने जानकारी गराएको छ ।सरकारले निर्वाचन कानुन सम्बन्धी तीन वटा विधेयक भने संसद सचिवालयमा दर्ता गराएको छ । यो भोलिको संसद बैठकमा पेश हुने बताइएको छ ।
मधेसी मोर्चाले भने संविधान संशोधन विधेयक नल्याएर सरकारले आफूहरुलाई ढाँटेको टिप्पणी गरेको छ । मोर्चाले अब सरकारलाई विश्वास गर्ने आधार समाप्त हुन लागेको बताएको छ । मधेशी मोर्चाका नेता महेन्द्र राय यादवले भने(‘सरकारले हामीलाई कहिले प्रधानमन्त्री दिल्ली जानुअघि संविधान संशोधन बिधेयक दर्ता गर्ने भन्यो, कहिले दशैंअघि भन्यो । अहिले आएर केही पनि गरेन,अब विश्वास गर्ने ठाउँ रहेन ।’
स्रोतका अनुसार संविधान संशोधन सन्दर्भमा कांग्रेस र माओवादीभित्रै कुरा मिलेको छैन । सत्तापक्षमै कुरा नमिलेकाले सरकारले एमालेसँग यसबारेमा छलफल गर्न सकेको छैन ।
संविधान शंसोधनको मुख्य विषय प्रदेशहरुको सीमांकन पुनरावलोकनमा सरकारमा सहभागी दलबीचमै कुरा नमिलेकाले अहिले विधेयक आउन नसक्ने जानकारी प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेतालाई दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: