
ग्लालेक्सी नोट ७ सेभेन स्मार्टफोनको कारणले दक्षिण कोरीयाली कम्पनी सामसुङले झण्डै साढे ५ खर्ब रुपैँयाको क्षती व्यहोर्नु परेको खबर बाहिरिएको छ ।
फोन लन्च गराएर बजारमा पठाउने बित्तिकै ह्याण्सेटमा आगो लाग्ने समस्या देखिएपछि सामसुङले मर्मत गरेर पूनः पठाएका नोट सेभेनमा पनि उही समस्या देखियो । फेरि समस्या दोहोरीएपछि सामसुङले गत हप्ता आफ्नो फ्लागसिप ग्यालेक्सी नोट सेभेन उत्पादन सधैँका लागि बन्द गर्ने र बजारमा पठाइएका सबै फोनलाई फिर्ता लिने घोषणा गरेको थियो ।
गत बुधबार सामसुङले नोट सेभेनका कारण २ अर्ब ३० करोड मुनाफा कटौती भएको बताएको थियो भने शुक्रबार मात्रै उसले अर्को आँकडा जारी गर्दै सन् २०१७को मार्च महिनासम्मको सञ्चालन मुनाफा ३ अर्ब १० करोडले घट्ने बताएको छ । यसरी नोट सेभेनका कारण सामसुुङलाई समग्रमा ५ अर्ब ४० करोड घाटा लागेको छ ।
विभिन्न अभ्ययनले जनाएअनुसार नोट सेभेनका कारण सामसुङ अझ ठूलो क्षती व्यहोर्नु पर्ने जनाएको छ । नोट सेभेनको संकटका कारण सामसुङको सेयर मूल्यमासमेत ८ प्रतिशतले कमी आएको छ ।
- एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्