×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट चाहिँ पाउनुभएकै रहेछ माननीयज्यू

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पेट चाहिँ पाउनुभएकै रहेछ माननीयज्यू

१९ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मासिक ८० हजारभन्दा वढी तलब भत्ता बुझ्ने पनि तिनै । हाजिर ठोक्दै विदेशी आइएनजिओका तारे होटलहरुमा भत्ता बुझ्न कुद्ने पनि यिनै । अझैं हाम्रा सांसदहरु आफ्नो तलव भत्ता र सुविधा कम भएको गुनासो गर्दैछन । कोरिया नगएरै लाहुरे बनेका हाम्रा माननीयज्यूहरुले सिंहदरबारमा खाएको खाजा र खानाको रकमको भ्योल्युम सुन्नुभयो भने तपाई तर्सनुहुन्छ ।
आर्थिक बर्ष २०७०–७३ सम्म सांसदहरुले खाजा खाना वापत् भनेर १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैँया खर्चिएको तथ्य फेला परेको छ ।  संसद सचिवालयले उक्त विवरण सार्वजनिक गरेको हो । संसद् सचिवालयले संसदीय समिति, संसदीय दल र सभामुख, उपसभामुखको सचिवालयमा खाना–खाजाको नाममा  सो बराबरको रकम खर्च गरेको बताएको हो ।
सांसहरुको खाना खाजामा महिनामा ५७ लाख भन्दा बढि खर्च हुुने तथ्यांक संसद सचिवालयले सार्वजनि गरेको हो । त्यससँगै  कुपन सिस्टम हटेसँगै मासिक रुपमा उक्त रकम बचत हुन थालेको छ ।
संसद सचिवालयले आथिर्क वर्ष २०७०९०७१ मा १ करोड ५ लाख, ०७१९०७२ मा ४ करोड ६० हजार ५८ हजार २ सय १० र आर्थिक वर्ष २०७२–०७३ मा ५ करोड १२ लाख ६१ हजार ७२४ रुपैया ७१ पैसा खाना खाजामा गरेको खर्च गरेको बताएको छ ।
  •  एस काठमाडौं 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी