
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिले संसदमा दर्ता भएको राजनीतिक दलसम्बन्धी विधेयकमाथि संशोधनको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको बैठकले संसद सचिवालयमा शुक्रबारभित्र संशोधनको प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो। दशैंअघि नै संशोधन दर्ता गर्नुपर्ने भएकाले कांग्रेसले संस्थागत रुपमा नै संशोधनको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ।
कांग्रेस सांसदहरुलाई व्यक्तिगत रुपमा पनि संशोधन प्रस्ताव दर्ता गर्न निर्देशन दिइने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका कांग्रेस नेता रमेश लेखकले जानकारी दिए। उनले दशैंअघि संशोधन दर्ता नगरिए दशैंपछि संशोधन गर्ने समय नहुने भएकाले दशैंअघि नै संशोधन दर्ता गर्न लागिएको बताए।
उनले भने,संसदमा पेश भएका निर्वाचनसम्बन्धी ३ विधेयकमा संशोधनको प्रस्ताव दर्ता गर्ने विषयमा बैठकमा छलफल भयो। बिदाको समयलाई सदुपयोग गर्ने र समयमा नै संशोधन प्रस्ताव गर्न पार्टीको संसदीय दलका नेताको सल्लाह गरी संशोधनको प्रस्ताव दर्ता गर्न तयारी गर्ने छलफल भयो । कांग्रेसले असोज १८ गते संसदमा पेश भएका निर्वाचनसम्बन्धी ३ वटा विधेयकमा आवश्यक संशोधनका लागि प्रस्ताव गर्न लागेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्