×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार र व्याज दर

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ कार्तिक २०७३, मंगलवार

PRIME CA
laxmi sunrise bank

सेयर बजार र व्याज दर

सेयर बजार र व्याज दरको विपरित सम्बन्ध हुन्छ । अङ्ग्रेजीमा भन्दा indirectly proportional । अर्थात व्याज दरमा कमि आयो भने बजारलाई सकारात्मक असर पार्छ भने व्याज दरमा केहि वृद्धि हुन पुगेमा नकारात्मक असर पार्छ। कसरी बढी व्याज दरले सेयर बजारमा नकारात्मक असर पार्छ ? व्याज दरमा वृद्धि आउनु भनेको बैंकले दिने कर्जाको व्याज र बैंकले वचतमा दिने व्याज दुबै वृद्धि हुनु हो । स्प्रेडका कारणले गर्दा दुवै समान समान दरमा तल माथी हुन्छ्न । 
१. वचतमा पैसा राख्दा यदि व्याज बढी आयो भने लगानीकर्ताले सेयरमा रिस्क लग्न चाहन्न अनि केही मात्रामा सेयर बजारमा लगानी भएको पैसा वा सेयर बजारमा जान लागेको पैसा बैंकको वचतमा आईपुग्छ । 
२. कर्जामा पनि व्याज वृद्धि हुन्छ , धेरैले सेयर बजारमा लगानी गर्न कर्जा लिएका हुन्छ्न ,सेयर धितो कर्जा सङ्ग सङ्गै अन्य शीर्षक बाट पनि धेरैले कर्जा निकालेर त्यसलाई सेयर बजारमा हाल्ने गरेको पाईन्छ ,यो संख्या धेरैपनि छ । अब कर्जाको पनि व्याज वृद्धि हुदा लगिएको ऋण महङ्गो हुने भो ,यस कारणले पनि ऋण लगेर सेयर बजारमा पैसा कमै आउने कारणले बजारमा बाईङ्ग प्रेसरमा कमि आउँछ । 
३. जो ऋण लगेर सेयरमा लगानी गरिरहेका छन उनीहरुले पनि अब केही बढीनै व्याज तिर्नु पर्यो जसले गर्दा सेयर बजारबाट पैसा केही बाहिर जान्छ , जसले गर्दा केहि सेलिङ्ग प्रेसर आउन पुग्छ । ४.बढी व्याज दरले तरलतामा कमि देखाउछ ,जसले गर्दा राईट सेयर , आईपिवो , एफपियो आउँदा लगानीकर्ताले कर्जा भन्दा पनि दोश्रो बजारमा आफू सङ्ग भएको दोश्रो बजारको सेयर वेचेर उ त्यता मोडन पुग्छ ,किनकी कर्जा महङ्गो छ । हाम्रोमा पनि व्याज दर वृद्धि हुँदा सेयरबजारले नकारात्मक असर पुगायो जुन स्वभाविक थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: