Skip to content
LAXMI SUNRISE BANK

दशैलाई मध्यनजर राखी सप्तरीमा सुरक्षा व्यवस्था कडा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – शनिबारबाट सुरु भएको नेपालीको महानचाड बडादशैंको अवसरमा सप्तरी प्रशासलले जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय राजविराजमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा सप्तरीका प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले चाडपर्वमा सप्तरीमा कुनै किसिमको अप्रिय घटना हुन नदिनको लागि सुरक्षा व्यवस्थामा व्यापक प्रहरी परिचालन गरी कडाइ गरिएको बताए ।

दशैं , तिहारको बेला हुने जुवातास, मादक पदार्थ सेवन, तथा अश्लिल कार्यनियन्त्रण गर्ने उद्देश्यले सुरक्षा व्यवस्था कडाइ गरिएको बताइएको छ ।

साथै, मेला लाग्ने सप्तरीको छिन्नमस्ता र कङ्कालनी भगवती शतिmपीठ तथा राजविराजको भगवती मन्दिर, राजदेवी मन्दिर र अन्य मठ–मन्दिर र राजमार्गमा आवतजावत हुने सवारी साधनमा सुरक्षाको लागि पर्याप्त सुरक्षाकर्मी खटाइने प्रहरीले जनाएको छ ।

यस्तै नेपाल भारत सीमाक्षेत्रमा हुनसक्ने अपराध तथा तस्करी रोक्नका लागि सीमा क्षेत्रमा रहेका प्रहरी इकाइलाई २४ घन्टा क्रियाशील राख्ने तथा सदरमुकाम राजविराजमा सुरक्षा बढाएर पैदल गस्ती र मोबाइल गस्ती समेत परिचालन गरिने छ ।

जिल्लामा एकसय ७१ टोली गठन गरी ७४५ जना जनशक्ति परिचालन गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK