
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कार्कीविरुद्धको मुद्दाको म्याद बुझाउन सर्वोच्चको टोली आज पनि अख्तियार दुरुपयोग बानेश्वरस्थित अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको निवासमा पुगेको छ । सर्वाेच्च अदालत नियमावली र मुलुकी ऐनमा सम्बन्धित व्यक्ति वा उसको स्थायी ठेगानामा म्याद टाँस्नु पर्ने व्यवस्थाका कारण सर्वोच्चको टोली दोस्रो दिन कार्की निवास जान लागेको हो ।
बुधबार म्याद बुझाउन गएको टोली काठमाडौं वडा नम्बर १० का वडा सचिव सरिता राई उपस्थित नहुँदा कार्कीको निवासमा सूचना नटाँसी सर्वोच्वको टोली फर्किएको थियो । घरमा म्याद टाँस गरी मुचुल्का उठाउन सम्बन्धित क्षेत्रको वडासचिवलाई रोहवर राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
बानेश्वरस्थित घर पुगेको अदालत टोली त्यहाँ कार्की परिवार नबसेको थाहा पाएपछि म्याद नटाँसी फर्केको थियो ।
कार्की अदालतको आदेश आएको समयदेखि विदेश भ्रमणमा रहेका कारण म्याद तामेल हुन सकेको थिएन । लामो समयदेखि म्याद तामेल हुन नसकेको र नजिकै दसैं बिदा आएपछि सर्वोच्चले ताकेता गरेको हो । कार्की विरुद्धको मुद्दा पुनरवलोकनको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्