×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसद बैठकमा सांसदको गुनासो, गाडी छैन सास्ती भयो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

संसद बैठकमा सांसदको गुनासो, गाडी छैन सास्ती भयो

Artha Sarokar

१८ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा सांसदले दसैं–तिहारजस्ता चाडबाडमा सवारीधनीले एकाधीकार कायम राखेको र जनतालाई दुःख दिएको तथा सवारी–साधनको अभावमा यात्रुले हैरानी खेप्नुपरेको भन्दै गुनासो गरेका छन् ।
सरकारले यात्रुलाई सुविधा नदिएको, दुर्घटना बढेको तथा तोकिएकोभन्दा बढी भाडा असुल गर्दासमेत प्रशासन मूकदर्शक बनेको उनीहरुको आरोप थियो ।
सांसदहरुले स्थानीय निकायको पुनःसंरचना गर्ने विषयमा भइरहेको विवाद तत्काल समाधान गरेर निर्वाचनको वातावरण बनाउनुपर्ने तथा स्थानीय निकायमा विशेष स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रलगायत घोषणा गर्नुपर्नेमा जोड दिए ।
यसरी धारणा राख्नेमा भरतकुमार शाह, योगेन्द्र तामाङलगायत थिए ।
  • नेपाल आज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी