Skip to content
LAXMI SUNRISE BANK

लेखा समितिको पदपुर्ति तिहार लगत्तैः सभामुख घर्ती

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सभामुख ओनसरी घर्तीले तिहार लगत्तै सार्वजनिक लेखा समितिको सभापति पदपूर्ति गर्ने बताएकी छन्। 
बिहीबार सिंहदरबारस्थित कार्यकक्षमा पत्रकारहरुसँग घर्तीले महत्वपूर्ण विधेयकहरुमा छलफल भएकोले समिति सभापति चयन गर्न ढिलाइ भएको बताइन्। ‘संविधान कार्यन्वयनसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरुमा छलफल भएकोले त्यता ध्यान नपुगेको हो । सभामुख घर्तीले भनिन्, ‘दशैं तिहार लगायतका चाडपछि समितिको सभापति पदपूर्ति हुन्छ।‘ 
समितिका सभापति जनार्दन शर्माले वर्तमान सरकारमा ऊर्जामन्त्री नियुक्त हुनुअघि राजीनामा दिएका थिए। सभामुख घर्तीले महाअभियोग समिति र संविधान कार्यान्वयन अनुगमन समिति पनि चाडबाडलगत्तै गठन हुने बताइन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK