
काठमाडौं – स्वास्थमन्त्री गगन थापा डा गोविन्द केसीको बचाउमा लागिरहँदा कांग्रेस नेता डा शेखर कोइरालाले डा गोविन्द केसीकोज्यादती विरुद्ध आक्रामक तवरले प्रस्तुत भएकाछन ।
बुधबार व्यवस्थापिका संसद भवनमा भएको महिला बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको बैंठकमा डा। शेखर कोइरालाले डा। गोविन्द केसीको लहैलहैंमा लागेर सरकारले देशको मेडिकल शिक्षा स्थिति डामाडोल पार्न लागेको भन्दै केसी विरुद्ध आक्रमक तरिकाले प्रस्तुत भएका हुन ।
जुम्लाको अस्पताल त वीपी प्रतिष्ठानको सहयोगको भरमा चलेको छ अनि जुम्लामा मेडिकल कलेज खोलेर के गर्नुहुन्छ डा केसीज्यू भन्दै उनले केसीलाई प्रश्न गरेका थिए ।
त्रिभुवन विश्वविद्यालय ऐनलाई चुनौति नदिनोस भन्दै उनले अगाडि थपे‘आइओएमको डीन नियुक्तिका लागि बरिष्ठताका आधारमा हुनुपर्ने तपाईको माग उपयुक्त छैन ।’ यता, तिहार सकिएलगत्तै फेरि अनसन सुरु गर्न लागेका डा। केसी भने जसरी भएपनि अख्तियार प्रमुख लोकमानसिंह कार्कीको करतुत बाहिर ल्याउँने अठोटका साथ अघि बढिरहेका छन् ।कोइराला भने, मेडिकल काउन्सिललाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिन्छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्