
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेको ‘राष्ट्रिय आपूर्ति कम्पनी’ बनाउन सिफारिस समिति गठन गरेको छ । वन तथा भू–संरक्षण मन्त्रालयले टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडको योजना तथा आपूर्ति विभाग प्रमुख रामचन्द्र भट्टको संयोजकत्वमा सो सिफारिस समिति गठन गरेको हो।
वनमन्त्री शङ्कर भण्डारीले मन्त्रिस्तरीय निर्णयबाट बजेट कार्यान्वयनका लागि समिति गठन गर्नुभएको मन्त्रालयका प्रवक्ता प्रेमनारायण कँडेलले जानकारी दिए।
सरकारले आव २०७३÷७४ को बजेट वक्तव्यको बुँदा नं २०१ मा सरकारी स्वामित्वमा रहेका नेसनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, कृषि सामग्री कम्पनी लिमिटेड र टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडजस्ता संस्थालाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी निर्माण गरिनेछ भनी घोषणा गरेको थियो।
समितिमा संयोजक भट्टसँगै मन्त्रालय र वन विभागका कानुन, योजना र प्राविधिक हेर्ने विभिन्न शाखा, महाशाखाका चारजना उपसचिव पदेन सदस्य रहेका छन्। समितिले तीन महिनाभित्र आफूलाई तोकिएको जिम्मेवारीसहित सिफारिस गर्ने संयोजक भट्टले जानकारी दिए।
मन्त्रालयले यसअघि टिम्बर कर्पोरेसन, वन पैदावार विकास समिति र जडीबुटी प्रशोधन केन्द्रलाई गाभेर वन प्राधिकरण बनाउने प्रयास गरे पनि हालसम्म त्यो कार्यान्वयनमा आउन सकेको छैन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्