
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले तिहार र छठ पर्व सकिएलगत्तै संविधान संसोधन प्रक्रिया अघि बढ्ने बताएका छन्। नेपाल प्रेस युनियन मोरङले शनिबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले मधेशी मोर्चाका माग संबोधनका लागि संविधान संशोधन गर्न सरकारले मुख्य दलहरुसंग छलफल गरिरहेको जानकारी दिए।
२०७४ साल माघ – ७ गते भित्र तीनवटै तहको निर्वाचन गराउन सरकार कटिबद्ध रहेको भन्दै उनले संविधान संशोधन प्रक्रिया अघि बढेसंगै निर्वाचनको वातावरण बन्ने दावी गरे। मधेसी समुदायको जायज माग सम्बोधन गर्न सरकार गम्भीर भएर लागेको बताउँदै मन्त्री भण्डारीले मधेसी मोर्चाले पनि धैर्य गर्नुपर्ने बताए। आन्दोलनले कसैलाई फाइदा नहुने भएकाले मधेसी मोर्चाले आन्दोलन र बन्द हड्ताल जस्ता कुरा गर्न नहुने उनले बताए। मुख्य तीन दलकै कारण संविधान जारी भएकाले यसको कार्यान्वयनमा पनि तीन दल मिलेर अघि बढ्नुपर्ने मन्त्री भण्डारीको धारणा छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री भण्डारीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमा आफ्नो पार्टीले आँखा चिम्लेर समर्थन गर्न नसक्ने बताए। महाभियोग प्रस्ताव किन र कसका लागि आयो, यस प्रस्तावले मुलुकको राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने जस्ता विषय बुझेर मात्र कांग्रेसले निर्णय लिने उनले बताए। मन्त्री भण्डारीले आगामी पाँच वर्षभित्र मुलुकलाई वनमा आत्मनिर्भर बनाउने गरी सरकार अघि बढिरहेको बताए। अर्बौं मुल्यका काठ विदेशबाट आयात भइरहेकाले वनमा आत्मनिर्भर बन्नु जरुरी रहेको उनको धारणा छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्