
हेटौँडा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा वनमन्त्री शङ्कर भण्डारीले प्रमुख राजनीतिक दलहरुले सत्तामा प्रतिस्पर्धा गर्नेभन्दा माथि उठेर वर्तमान संविधान कार्यान्वयनका लागि निर्वाचन गर्ने क्रममा आम सहमतिका साथ अगाडि बढ्न आग्रह गरेका छन् ।
उनले नेपाली काँग्रेस मकवानपुरद्वारा बडादसैँको शुभकामना कार्यक्रममा सम्बोधन गर्दै मुलुकमा रहेका महिलाले पनि संविधानको कार्यान्वयन गर्ने क्रममा र वन सम्पदा जोगाउन अभियानलाई आआफ्नो दललाई दबाब दिनुपर्ने उल्लेख गर्दै जनतामा परेको समस्यालाई निकास दिन सरकारले छिट्टै नै स्थानीय निर्वाचन गराउन लागेको बताए।
मन्त्री भण्डारीले मुलुकमा वन तस्करको नियन्त्रण गर्ने र आगामी पाँच वर्षभित्र मुलुकमा काठ तथा दाउरा आपूर्ति गर्ने लक्ष्यका साथ सरकारले गुरुयोजना तयार गरी अघि बढेको स्पष्ट पारे ।
सो कार्यक्रममा नेकपा ९एमाले०का केन्द्रीय सदस्य विरोध खतिवडा र सांसद इन्द्रबहादुर बानियाँले प्रमुख दलहरुको बीचमा समझदारीका साथ तराईका दलहरुबीच भएको असमझदारीको निकास दिन राष्ट्रिय अखण्डतालाई आँच नपुग्ने गरी संविधानको संशोधन गर्नेतर्फ सबै दललाई एकै साथ लिएर हिँड्नुपर्ने आग्रह गरे ।
- काठमाडौँ टूडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्