Skip to content
LAXMI SUNRISE BANK

दशैं बिदापछीको सेयर कारोबार आजबाट सुरु हुँदै, यस्तो छ बजार गुरुको सुझाव !

अर्थ सरोकार


  • रोहन शर्मा 

दशैं बिदा पछीको सेयर कारोबार आजबाट सुरु हुँदैछ । एउटा सामान्य सुझाव दिन चाहन्छु। दशैंमा दक्षिणा स्वरुप जम्मा भएको आफ्नो तथा बच्चाको पैसालाई सदुपायोग गर्नुहोस्, उक्त रकमबाट आफ्नो बच्चाको नाम थोरैनै किन नहोस् राम्रा कम्पनीको सेयर किनेर राखिदिनुस् । बच्चालाई बचत र लगानी भन्ने कुराको बारेमा अहिले सानैदेखी जानकारी दिनुहोस् । थोपाथोपाबाटै हो समुन्द्र बन्ने। अहिले हेर्दा यो सानो कुरा भएतापनि भबिश्यको लागी ठुलो उपलब्धी हुनेछ।
एउटा उदाहरण दिन चाहन्छु, मेरा एक आफन्तले आज भन्दा करिव १५ बर्ष अगाडी किनेको LICN को ३० कित्ता सेयर हालै बिक्री गरेर आफ्नो छोरालाई अस्ट्रेलिया उँडाए। त्यतीखेर रोपेको करिव ६००० को बिरुवाले आज उहाँलाई १२ लाखको फल दियो। उहाँ अहिले भन्नु हुन्छ,”यस्तो हुन्छ भन्ने थाहा पाएको भए भएभरको पैसा सेयरमै लगाई दिन्थें।”
लगानी बढाऔं, भबिश्य बनाऔं!
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK