अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन छिटै गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं ५ का भातृ संगठनहरुले शनिबार गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले स्थानीय निकायको निर्वाचन गर्न अत्यावश्यक रहेको बताएका हुन्।
स्थानीय निकायलाई निर्वाचन मार्फत अधिकार सम्पन्न नबनाएसम्म विकास निर्माण प्रभावकारी नहुने भन्दै सभापति देउवाले मधेसी मोर्चासँग सहमति गरेर स्थानीय तहको निर्वाचनमा केन्द्रित हनुपर्नेमा जोड दिए। सभापति देउवाले मधेसी मोर्चाका माग सम्बोधन गरेर तीन तहको निर्वाचन गराउन नसके लामो संघर्षपछि प्राप्त उपलब्धीहरु संकटमा पर्ने खतरा औंल्याए।
सभापति देउवाले एमाले र माओवादीले जनतामा विभिन्न भ्रम सिर्जना गरेकाले लोकतन्त्रको रक्षा गर्न पनि नेपाली कांग्रेसले निर्वाचनमा अग्रता लिनुपर्ने दावी गरे। केन्द्रीय सदस्य डा। रामशरण महतले पार्टीमा मौलाएको गुटबन्दी अन्त्य गरेर सबैले आत्माआलोचना गरेर अघि बढ्नुपर्ने बताए। उनले नेताहरुले आफ्नो गुट त्यागेर जनताको पक्षमा काम नगरे आगामी निर्वाचनमा कांग्रेसको स्थान कमजोर हुनेतर्फ सचेत गराए।
च्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्