
- अर्थसरोकर डटकम
लोकमानसिंह कार्की्विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्नका लागि समर्थन खोज्दै प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहान बूढानीलकण्ठस्थित देउवा निवास पुगेका छन् ।कांग्रेस सभापति देउवाले लोकमानसिंहमाथि लागेको महाअभियोगबारे आफूले एक्लै निर्णय गर्न नसक्ने जवाफ प्रधानमन्त्री प्रचण्डलाई दिएका छन् ।
देउवालाई भेटेपछि प्रधानमन्त्री प्रचण्ड लाजिम्पाटमा आयोजित माओवादी केन्द्रको हेडक्वार्टरको बैठकमा सहभागी भएका थिए, जहाँ उनले देउवाको भनाइ आफ्नो दलका नेताहरुलाई सुनाए ।
लाजिम्पाट बैठकमा प्रधानमन्त्री प्रचण्डले भने ‘देउवाजीले म एक्लै यसबारेमा निर्णय गर्न सक्दिनँ भन्नुभयो, आफ्नो पार्टीको बैठकमा प्रस्ताव लगेर यसबारे औपचारिक निर्णय गराउने देउवाजीको भनाइ थियो ।’
यसबारे सोधिएको जिज्ञासामा माओवादी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरसँग भनिन् ‘देउवाजीले एक्लै निर्णय गर्न सक्दिनँ, केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गराउँछु भन्नुभएको हामीलाई जानकारी आएको छ ।’
लाजिम्पाटमा सम्पन्न माओवादी बैठकले लोकमानको महाअभियोगबारे कांग्रेस सभापति देउवासँग थप छलफल गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ ।नेपाली कांग्रेसको बैठकमा विहीबारै लोकमानको महाअभियोग प्रस्तावबारे छलफल हुँदैछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्