
अर्थ सरोकार सम्बाददाता
संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जगेवुले आगामी चैतसम्ममा कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन्। प्रेस सेन्टर झापाले मंगलबार दमकमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री जगेवुले स्थानीय तहको निर्वाचनकालागि सबै दलहरुसँग छलफल भइरहेको बताउदै उनले चैतमा निर्वाचन हुने बताएका हुन्।
स्थानीय तह सीमा तथा संख्या निर्धारण आयोगले दिएको प्रतिवेदनको आधारमा स्थानीय तहको संख्या निर्धारणलाई टुङ्गो लगाईने उनको भनाइ थियो। आयोगले दिएको प्रदिवेदनको आधारमा सरकारले सबै दलहरुसँग छलफल गरेर मापदण्ड तयार पार्ने काम भइरहेको उनले जानकारी दिए। पत्रकार सम्मेलनमा बोल्दै उनले असन्तुष्ट दलहरुको मागलाई संविधान संसोधनमार्फत समेटिएर अघि बढ्ने बताए। संविधान संसोधनका लागि प्रमुख प्रतिपक्षी एमालेसँग वर्ता भइरहेको उनले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्