Skip to content
LAXMI SUNRISE BANK

सिद्दार्थ बैंकको २५ प्रतिशत हकप्रद आजबाट खुला,

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाण्डौ – सिद्दार्थ बैंक लिमिटेडको २५ प्रतिशत हकप्रद आजदेखि बिक्रि खुला भएको छ। २५ प्रतिशत हकप्रद शेयरका लागि असोज १६ सम्म कायम शेयरधनीले कात्तिक ११ देखि मङ्सिर १५ सम्म आबेदन दिने सक्ने बैंकले जनाएको छ। 
असोज १६ सम्म कायम इच्छुक शेयरधनीहरुले २५ प्रतिशत हकप्रद प्राप्त गर्नका लागि बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल, सिद्दार्थ बैंकका सबै शाखा कार्यालय र सिद्दार्थ क्यापिटलबाट आबेदन फारम प्राप्त गरि बुझाउन सक्ने छन। 
बैंकले ४स्१ अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्काशनका लागी असोज १७ का लागी बुक क्लोज गर्ने निर्णय गरेको हो। बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ७५ करोड ५५ लाख रुपैयाँ बराबरको ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो। 
२५ प्रतिशत हकप्रद वितरणपछी सिद्दार्थ बैंकको चुक्ता पुंजी ३ अर्ब ८० करोड हाराहारी पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ। चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत बैंकले बिजनेश युनिभर्शल डेभलपमेन्ट बैंकलाई गाभेको थियो। बैंकले २०७४ असार मसान्त सम्ममा चुक्ता पुंजी ८ अर्ब पुर्याउनु पर्ने छ।  
गत आर्थिक बर्ष बैंकले १ अर्ब २४ करोड ४८ लाख ९२ हजार रुपैंया नाफा आर्जन गरेर अर्ब क्लबमा प्रवेश गरेको छ।  यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४१ रुपैंया १९ पैसा छ । चुक्ता पुंजी भन्दा जगेडा कोष रकम बढी रहेको सिद्दार्थ बैंकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई दिने प्रतिफल घोषणा गर्न भने बाँकी नै रहेको छ। यस अवधिमा बैंकको जगेडा कोष रकम ३ अर्ब २३ करोड छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK