- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल राष्ट्र बैंकले नियम विपरित बैंकको नाम परीवर्तन गर्न सिद्धार्थ डेवलोपमेन्ट बैंकलाइ नाम परिवर्तन गर्न चरम दवाव दिएको खबर छ । नेपालको कम्पनी ऐन २०६३ अन्तर्गत समान खालको नाम राख्न नपाइने व्यवस्था छ । कम्पनी ऐनले नै फरक खालका कम्पनीहरुको उस्तै नाम पहिला नै दर्ता गरिएको भए पहिला जसले गर्यो त्यो नाम उसको हुन्छ भन्ने प्रष्ट व्यवस्था पनि गरेको छ । तर कम्पनी ऐनको यो व्यवस्था माथि नै धावा बोल्दै नेपाल राष्ट्र बैंकले सिद्धार्थ डेवलोप्मेन्ट बैंकलाइ दवाव दिइरहेको खुलासा भएको छ ।
राष्ट्र बैंक नै अन्यायी ?
यो बिषयले अहिले नेपाली वैंकिङ क्षेत्रमा तहल्का पिटिरहेको छ । नियम अनुसार पहिला दर्ता भएको बैंक सिद्धार्थ डेभलोपमेन्ट बैंक रहेपनि सिद्धार्थ बैंक लिमिटेडको पक्षमा रहेर राष्ट्र बैंकले अन्याय गर्न खोजेको सरोकारवालाहरुको भनाइ छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै स्रोतले सिद्धार्थ बैंककै लविङमा राष्ट्रबैंकले लिखित पत्र नै काटेर सिद्धार्थ डेभलोपमेन्ट बैंकलाई नाम परिवर्तनको लागि निर्देशन दिएको बताए । यसरी नेपाल राष्ट्र बैंकनै अन्यायी भएको स्रोतको आरोप छ । नियामक निकाय भएर पनि कसैलाई काखा र कसैलाई पाखा गराउने नेपाल राष्ट्र बैंकको यो निर्देशन टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत सरोकारवालाहरुले दिएका छन् ।

अन्यायी निर्देशनले प्रमोटरहरु तनावमा :
सिद्धार्थ डेभलपमेन्ट बैंकको आगामी केहि महिनापछि हुने वार्षिक साधारणसभामा बैंकको नाम फेर्ने प्रस्ताव पेश हुन लागेको बुझिएको छ । तर यो प्रस्ताव कुनै पनि हालतमा पास हुन नदिने भन्दै शेयरधनीहरुको एउटा समूह लागि परेको खबर समेत स्रोतले अर्थ सरोकार डटकमलाई दिएको छ । ‘एकता विकास बैंक र नेपाल आवास फाइनान्ससँग सफल मर्जर भएपछी देशकै दोश्रो ठूलो विकास बैंक बन्न सफल भएको बैंकको नाम नै फेर्नु फेर्नु पर्ने भएकाले हामी निकै तनावमा छौं ।’ बैंकका एक प्रमोटरले अर्थ सरोकार डटकमसँग भने ।

कहिले दर्ता भएका थिए यी दुइ बैंक ?
सिद्धार्थ डेभलपमेन्ट बैंक २०५६ मा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई २०५७ असार ११ गतेदेखि संचालनमा आएको हो भने हालको ‘सिद्धार्थ बैंक’ भने कम्पनी रजिष्टारको कार्यालयमा २०५८ साल असोज १२ गते मात्रै दर्ता भएको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page

प्रतिक्रिया दिनुहोस्