Skip to content
LAXMI SUNRISE BANK

साओमीको नयाँ स्मार्टफोन एमआई नोट २ बजारमा

अर्थ सरोकार

साओमीले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन एमआई नोट २ मंगलबार चीनमा सार्वजनिक गरेको छ । यस स्मार्टफोनको अगाडिपछाडि दुवैतिर थ्रिडी कर्भ्ड ग्लास प्रयोग गरिएको छ । कम्पनीले यसलाई टु साइडेड कर्भ्ड डिजाइन भनेको छ ।
साओमी एमआई नोट २ तीन मोडलमा बजारमा आउनेछ। पहिलो, ४ जीबी र्याम, ६४ जिबी स्टोरेज भएको स्मार्टफोनको मूल्य २ हजार ७ सय ९९ चिनियाँ युआन, ६ जिबी रर्याम र १२८ जिबी स्टोरेज भएको मोडेलको मूल्य ३ हजार २ सय ९९ चिनियाँ युआन र त्यही विशेषताको ग्लोबल एडिसनको मूल्य ३ हजार ४ सय ९९ रहेको बताइएको छ, जसले ६ प्रकारका ३७ एलटिइ ब्यान्डलाई सपोर्ट गर्दछ।
स्मार्टफोनका अन्य विशेषताहरुमा ५.७ इञ्च फुल एचडी ओलेड फ्लेक्जीबल डिस्प्ले, सोनी आइएमएक्स३१८ एक्स्मोर आरएस सेन्सरसहितको २२.५६ मेगापिक्सेल रियर क्यामरा पनि रहेको छ। त्यसैगरी एन्ड्रोइड ६.० मार्समेलो भएको यो स्मार्टफोनको ब्याट्री ४०७० एमएएचको रहेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK