
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – हाइवेका होटलहरुमा पाइने खानामा अखाद्य बस्तु भेटिएको चर्चा हामीले बेला बेलामा सुन्दै आएका हौँ । तर यो मामलामा काठमाडौँका तारे होटलपनि कम रहेनछन् भन्ने कुराको पुष्टि भएको छ ।नेपालकै चर्चित पाचँतारे होटल सोल्टी क्राउन प्लाजाको मेघामल्हर कन्फ्रेन्स हलमा बिहीबार साँझ कतार एयरवेजको कार्गो एजेन्सीहरुका लागि आयोजना गरेका अवार्ड कार्यक्रम पछिको भोजमा डेजर्टमा अक्खाद्य बस्तु भेटिएको हो ।
‘ओ..माई गड सिसा..!’ एकाएक ती एक्जिक्यूटीभले चपाउँदै गरेको मुख बिगार्दै र सावधानी अपनाउँदै भनिन्, ‘आऽऽऽ….सिसा आयो ।’ मुखमा चपाइरहेको रसमलाई उनले हातमा थुक्दै ओम अली राखेको प्लेटमा फुत्त फालिन् । सेतो सिसा टलक्कै टल्कियो । सिसा प्लेटमा फालेको केही सेकेन्डमा उनले प्लेटमै थुकिन् । सेतो रसमलाईसँगै रातो रगत पनि देखियो । उनले रुमालले जिब्रो पुछिन्, सेतो रुमालमा रगत टाँसियो ।’ एक प्रत्यक्षदर्शीले भने ।
के भन्छ होटल सोल्टी ?
होटल सोल्टीमा भएको यस्तो घटनापछी होटलका फुड एण्ड वेभरेज निर्देशक बलराम पाठकले घटनालाई गम्भीर रुपमा लिएको र छानबिन हुने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्