Skip to content

स्टाण्डर्ड चार्टर्ड बैंकको मनपरी उदाङ्गियो ! यसरी ठगिन्छ ग्राहकहरु

Dish Home

अर्थ सरोकार

    स्टाण्डर्ड चार्टर्ड बैंकले ग्राहकहरूलाई ठग्ने गरेको खबर प्राप्त भएको छ । सो बैंकमा ग्राहकहरूले आफ्नो खातामा जम्मा गरेको रकम बैंकका उच्च तहका कर्मचारीहरूले झिकेर मनपरी प्रयोग गर्ने गरेको गुनासो पीडित ग्राहकहरूबाट सुनिएको छ । नयाँ बानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयबाटै ठगी धन्दा भएको पाइएको हो ।
    त्यसैगरी स्टयाण्डर्ड चार्टर्ड बैंकले सस्तो व्याज दरमा ‘अटो लोन’ उपलब्ध गराउने भनी प्रलोभन देखाएर ग्राहकहरूलाई मनपरी व्याज र जरिवाना असुल्ने गरेको गुनासो पनि सेवाग्राहीहरूबाट पाइएको छ ।
    सो बैंकले प्रवाह गरेको सवारी कर्जा र घर कर्जाको किस्ता रकम निर्धारित मितिमै जम्मा गर्दा पनि एक दिनको पेनाल्टी अनिवार्य रूपमा लगाउने गरेको गुनासो सेवाग्राहीहरूबाट सुनिएको छ । यसरी मनपरी पेनाल्टी लगाउन थालिएपछि ग्राहकहरूले बैंकसाग किस्ता बुझाउने विवरण मात्र गर्दा सिस्टमले काम गरेको छैन, पछि आउनु होला’ भनेर महिनौ दिनसम्म झुलाउने गरेको एक पीडित ग्राहकले बताए ।
    स्टाण्डर्ड चार्टर्ड बैंकले गरेको ज्यादतीबारे गुनासो गर्न बैंकको केन्द्रीय कार्यालय पुगेका सेवाग्राहीको गुनासो सुनवाई नभएपछि सो बैंकका प्रमुख कार्यकारी अधिकृतसाग भेट गर्न चाहने ग्राहकलाई बैंकका सुरक्षा गार्डहरूले प्रवेश नै नदिने गरेको गुनासो पीडित ग्राहकले जनाएका छन् ।
    सो बैंकबाट कर्जा लिएका एक ग्राहकले नियमित रूपमा निर्धारित मितिमै किस्ता बुझाइरहेको भए पनि बैंकले खाताबाट व्याज र जरिवाना भन्दै रकम झिक्ने गरेको विवरण जनधारणाले छापेको छ ।  
    प्राप्त विवरणबारे जानकारी लिन उक्त बैंकका मार्केटिङ म्यानेजर दिवाकर पौडेललाई फोन नं. ४७८२३३३ मा पटक–पटक प्रयास गर्दा पनि उनी सम्पर्क आउन चाहेनन् ।
    स्ट्याण्डर्ड चार्टर्ड बैंकको केन्द्रीय कार्यालय रहेको नयाा बानेश्वरमा पुगेरै निज मार्केटिङ म्यानेजर पौडेललाई भेट्न खोज्दा मिटिङमा व्यस्त भनी जवाफ पठाएर भेट गर्न चाहेनन् ।
    त्यसपछि प्रमुख कार्यकारी अधिकृत भारतीय नागरिक जोसेफ सिल्भानससँग भेट गर्न खोज्दा उनी पनि सम्पर्कमा आउन चाहेनन् । जनता ठग्ने बैंक सञ्चालकहरू मिडियाको सम्पर्कमा आउन चाहादैनन् भन्ने ताजा उदाहरण स्टाण्डर्ड चार्टर्ड बैंकको घटना बनेको छ ।
    Hamro Patro Remit

    प्रतिक्रिया दिनुहोस्