×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लगानीकर्तालाई मनग्य फाइदा , सनराइज बैंकको कमाई २५ करोड ३१ लाख

  • अर्थ सरोकार  सम्बातदाता  
काठमाण्डौ – सनराइज बैंक लिमिटेडले चालु आर्थिक बर्षमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनीक गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा ११ करोड ७८ लाख खुद नाफा आर्जन गरेको बैंकले यस अवधिमा २५ करोड ३१ लाख रुपैयाँ कमाई गरेको छ ।
बैंकले यस अवधिमा ५१ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा २३ करोड ५० लाख रुपैयाँले बढी हो । यस अवधिमा बैंकले ५४ अर्ब ८ करोड निक्षेप संकलन गरि ४६ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जबकी गत आर्थिक बर्षको यस अवधिमा बैंकले ३५ अर्ब २६ करोड निक्षेप संकलन गरि २९ अर्ब २२ करोड कर्जा प्रवाह गरेको थियो ।
बैंकको संचालन मुनाफा १५ करोड ८९ लाखबाट बढेर ३० करोड ४९ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा, खुद ब्याज आम्दानी र कारोबार बिस्तार नै बैंकको खुद मुनाफा बढ्नुका मुख्य कारण हुन् ।
हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम १ अर्ब ९ करोड रुपैयाँ रहेको छ। कर्जा प्रवाह र कारोबार बिस्तार गरि मुनाफामा उल्लेख्य प्रगति गरेको बैंकको यस अवधिमा खराब कर्जा अनुपात समेत २ दशमलब ६९ प्रतिशतबाट घटेर १ दशमलब ६९ प्रतिशतमा झरेको छ ।
यस अवधीमा बैंकको प्रति शेयर आम्दानी १९ रुपैयाँ १० पैसा, प्रति शेयर नेटवर्थ १२० रुपैयाँ ६८ पैसा र मुल्य आम्दानीको अनुपात ३३ दशमलब ४६ गुणा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: