
काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मिशन स्वच्छ भारत अभियानको दुई वर्ष बितेको छ । यो अभियान सन् २०१९ अक्टोबर २ सम्म चल्ने छ । मोदीले जुन सपना भारतका लागि देखेका थिए त्यो सपना साकार हुन अझै पनि तीन वर्ष बाँकी रहेको छ ।
भारत सरकारका अनुसार दुई वर्ष भित्र यो अभियानले एक लाख गाउँलाई खुला दिशा पिसाब को अभिशापबाट मुक्त गरेको छ । तर, ४४ प्रतिशत गाउँमा अझै यो मिसन बाँकी रहेको छ ।
३१ अक्टोबर सम्म यो लक्ष्य रहेको छ की भारतको गंगा किनारको यस्तो कुनै ठाउँ रहने छैन् । जहाँ खुल्ला स्थानमा दिशा पिसाब गर्न मजबुर होस । भारतको २४ जिल्लामा अब कसैले पनि खुल्ला स्थानमा दिशा पिसाब गर्ने छैन् । मोदीको मिसन स्वच्छ भारत अभियानको सपना साकार पार्ने पहिलो राज्य सिक्किम भएको छ ।
भारतको शहरहरुमा स्वच्छ भारत अभियानको दुई वर्षको अवधिमा २४ लाख शौचालय निर्माण भएका छन् । त्यस्तै १९ लाख शौचालय तयारी हुने अवस्थामा रहेका छन् । दुई वर्षमा ९० हजार सामुदायिक शौचालय बनाएको छ । भारतको गुजरात र आन्ध्र प्रदेशमा दुई वर्षमा यस मिसन पुरा गरेको थियो ।
यस अभियानमा अझ सफल बनाउन भारतीय अभिनेता अमिताभ बच्चन र पूर्व क्रिकेटर सचिन तेन्डुल्कर पनि ब्रान्ड एम्बेस्डर बन्ने भएका छन् ।
- नेपाल आज
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्