
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – ७ सय ६२ मेगावाट क्षमताको तमोर जलशाययुक्त जलविद्युत परियोजनाका कारण तमोर नदि किनारका करिब डेढ सय घर परिवार बिस्थापित हुने भएका छन् । पिनासीघाट,माझीटार,नक्कलेघाट,लुबुघाट क्षेत्रमा बसोबास गर्दै आएका माझी र केही तामाङ घर परिवार प्रभावित हुने देखिएको छ । परियोजनाको लागि नदिमा ड्याम निर्माण गरिएपछि ती बस्तीहरु डुबानमा पर्नेछन् ।
यससँगै तल्लो हेवाँ जलविद्युत परियोजना र माथिल्लो हेवाँ जलविद्युत परियोजनाको पावर हाउस तथा कावेली ए जलविद्युत परियोजना पनि डुबानमा पर्नेछन् । तमोर जलशाययुक्त जलविद्युत परियोजना सरोकार समितिका संयोजक तथा पूर्व सांसद वसन्तकुमार नेम्बाङका अनुसार ड्याम निर्माण गरेर पानीको सतह ताप्लेजुङ र पाँचथर सीमा क्षेत्र हुँदै बग्ने काबेली नदिसम्म पुर्याइनेछ ।
परियोजनाबाट प्रभावित हुन सक्ने घर परिवार,भौतिक संरचना र जलविद्युत परियोजनाबारे विस्तृत विवरण सर्भेक्षणपछि मात्रै आउने नेम्बाङले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्