
काठमाडौं – कारकाँदोस्थित एक ग्यारेजमा रहेको ट्याङकरमा आगलागी भएको छ। बनाउनका लागि राकेश वर्कसपमा राखिएको ट्याङ्करमा आगलागी भएको हो। वर्कसपमा कार्यरत एक मिस्त्रीले ख्यालख्यालमा पानी र डिजेलमा सलाई कोर्दा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
पानी र डिजेलमा आगलागी हुन्छ कि हुदैन भन्ने जाँच गर्ने क्रममा डिजेज भएको पानीमा सलाई कोर्नासाथ नजिकै रहेको ना ४ ख २५०९ नम्बरको ट्याङ्करमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीमा परी ३ जना घाइते भएका छन् । घाइते हुनेमा ट्यांकर चालक दिल बहादुर शाही, मिस्त्रिद्वय लखेन्द्र शर्मा र सुरेश शर्मा रहेका छन्।
घाइते तिनै जनाको शरिर जलेको पनि प्रहरीले जनाएको छ। आगो लागेका मिस्त्रि र चालकको कपडा च्याथेर स्थानीयले आगो निभाएका थिए। घाइतेहरुलाई उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगन्ज लगिएको थियो। ट्याङकरमा लागेको आगो दमकलको सहायताले नियन्त्रणमा ल्याइएको थियो। दमकल समयमा आएका कारण धेरै क्षति हुन नपाएको प्रत्यक्षदर्शीले बताए। ट्याङकरको टायर, सिसा र बाहिरी भाग भने पुरै जलेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्