
- अर्थ सरोकार सम्बातादाता
काठमाडौँ – आन्तरिक राजश्व विभागले असोज मसान्तसम्ममा ४१ अर्ब ३७ करोड २८ लाख ६९ हजार रुपैयाँ संकलन गरेको छ। असोज मसान्तसम्ममा ४० अर्ब २८ करोड ५५ लाख १९ हजार रुपैयाँ संकलनको लक्ष्य रहेकोमा लक्ष्यको १०१ प्रतिशत प्रगति हात पारेको हो।
यो राजश्व वृद्धिदर गत वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले वृद्धि हो। चालु आर्थिक वर्षको पहिलो तीन महिना ९असोज मसान्त० सम्ममा आयकर तर्फ १७ अर्ब १६ करोड ७२ लाख ३३ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर १४ अर्व ५७ करोड १ लाख ८७ हजार रुपैयाँ र अन्तःशुल्कतर्फ ९ अर्ब २२ करोड ४३ हजार रुपैयाँ संकलन भएको छ।
त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः १७ करोड ३७ लाख ६८ हजार रुपैयाँ र २४ करोड १६ लाख ३८ हजार रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ९६ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यको तुलनामा ८३ प्रतिशत संकलन भएको छ।
गत वर्षको तुलनामा आयकर वृद्धिदर १३८ प्रतिशत, मूल्य अभिवृद्धिदर १२३ प्रतिशत, अन्तःशुल्कको वृद्धिदर १६८ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १२९ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३३ प्रतिशत रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्