
- अर्थ सरोकार सम्बतदाता
इलाम – बड्दो महंगी र समय सापेक्ष ज्याला बृद्धि नहुँदा इलाम र झापाको चिया बगानमा कार्यरत मजदुर पलायन हुन थालेका छन्। व्यवस्थापन पक्षबाट उचित ज्याला र सेवा सुविधा नपाएपछि मजदुर पलायन भएका हुन्। तोकिएको ज्याला नपाएपछि इलामका चार चिया बगान र कारखानाबाट मात्रै ४ सय ४६ मजदुर विस्थापित भएका छन्।
सरकारी स्वामित्वमा रहेका यी चिया बगान र कारखानामा २०५७ सालमा त्रिवेणी सांघाइ ग्रुपले ५० वर्षका लागी निजीकरण गर्दा इलामका ४ वटा बगानमा मात्रै आठ सय ५८ जना मजदुर कार्यरत थिए तर नितीकरणसँगै दैनिक ज्याला, बिदा र सेवा सुविधा कटौती भएपछि परिवार पाल्न धौ(धौ भएपछि भारतीय शहर पलायन हुने हुन्। चार सय ७३ स्थायी मजदुर रहेको देशको ठुलो अर्थोडक्स चिया उत्पादन गर्दै आएको कन्याम चिया बगानमा यतिबेला दुई सय सात जना मजदुर कार्यरत रहेका छन्।
यस्तै, एक सय ६५ जना स्थायी मजदुर रहेको इलाम चिया बगानमा ८५ जना, ९५ जना स्थायी मजदुर रहेको सोक्तिम चिया बगानमा ६० र एक सय २५ जना मजदुर रहेको चिलिमकोट चिया बगानमा ७० जना मात्र मजदुर रहेका छन्। बगान व्यवस्थापन पक्षले बिना कारण सेवा सुविधा कटौती गरेकाले पनि विस्थापित हुनु परेको मजदुरहरुको गुनासो छ।
कन्याम चिया बगानमा काम गर्दै आएका ४५ मजदुर एकैचोटि विस्थापित भएका थिए। महिनौ दिनसम्म दैनिक ज्याला र सेवा सुविधा नपाएपछि मजदुर एकैपटक विस्थापित भएको स्थानीय डिल्लीसिंह बुढाथोकीले बताए। तोकिएको ज्याला नपाएपछि परिवार पाल्न समस्या हुने भएकाले मजदुर चिया क्षेत्रबाट विस्थापित हुने गरेको उनी बताउँछन्। विस्थापित भएका मजदुरको ज्याला र उनीहरुले पाउने सुविधा समेत बगान व्यवस्थापन पक्षले अहिलेसम्म दिएको छैन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्